काठमाडौँ– प्रधान्त्री सुशीला कार्कीको सचिवालयमा कर्मचारी नियुक्तिलाई लिएर प्रश्न उठेपछि सचिवालयले सबै नियुक्ति कानुनसम्मत रहेको बताएको छ।
सोमबार प्रेस संयोजक रामबहादुर रावलले विज्ञप्ति जारी गर्दै सचिवालयमा कानुनसम्मत कर्मचारी नियुक्ति गरिएको जानकारी गराएका छन्। ‘सचिवालयमा विश्वाशीलो, भरपर्दो र रातदिन खटिएर काम गर्ने सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले सचिवालयमा आफ्नै श्रीमती तथा अन्य नाता पर्ने व्यक्तिलाई नियुक्ति गरेको भन्दै विरोध भइरहेको छ।
जेनजीको एक समूहले प्रधानमन्त्रीको सचिवालयलगायत उर्जामन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाललगायतमाथि पनि गम्भिर प्रश्न उठाउँदै उनीहरूको राजीनामा माग गरेको छ।
