काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजोको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो ।
काठमाण्डौ उपत्यकासहित देशभर अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
