सामाजिक अभियन्ता लुमिन ताम्राकारले य:मरि पुन्हिको उपलक्षमा असन स्थित यिता चपाः छेँको भुईँ तल्लामा नेवा: समुदायको एउटा भेषभूषा जुन लगभग छ दशकदेखि प्रयोगमा आउन छोडिसकेको सारी– (छिना पतासि) सबैलाई चिनाउने र यो नेवा: भेषभूषा हो भन्ने सन्देश दिने उद्देश्यले यो सारी लगाएर प्रस्तुत गर्न लागेको छ ।
प्रचार प्रसारकै क्रममा छिना पतासि लगाउन चाहिने पूरा सेट उपलब्ध गराउने र लुगा लगाएर फोटो लिई आफ्नो सम्झनाको रूपमा राख्न पाउने मौकाको सदुपयोग गर्दै अभियानमा सहभागी हुन सबै माझ सामाजिक अभियन्ता ताम्राकारले अनुरोध गरेको छ ।
