‘नेवा मैचा बौचा ११४६ काे उपाधि अनुसिया र निर्वेशलाई

नेवाः मैंचा बौचा दोस्रो संस्करण ११४६ को मैचातर्फ अनुसिया मानन्धर र नेवा बौचातर्फ निर्वेश श्रेष्ठले उपाधि जितेका छन् । निर्वेशले विधागततर्फ पर्सनालिटी अवार्ड समेत जितेका छन्। नेवाः मैंचा बौचाको यस संस्करणमा २२ जना सहभागीहरु जसमा १० देखि १४ वर्षाका प्रतियोगीहरु नेवाः मैंचा र बौचा ११४५ को टाइटलको लागि प्रतिस्पर्धा गरेका थिए ।

गत शनिबार भएको उक्त कार्येक्रममा नेवा मैचातर्फ समाना महर्जन फस्ट रनर–अप र मल्टिमिडिया विजेता बनेकी छन् भने नेरिशा महर्जन सेकेन्ड रनर–अप भए। त्यस्तै, नेवा बौचातर्फ अथर्व प्रधान फस्ट रनर–अप र अनम दर्शी वज्राचार्य सेकेन्ड रनर–अप घोषित भए।

कलाकार नारायदेवी प्रधान प्रमुख अतिथि रहेको कार्यक्रममा बालबालिकाले सांस्कृतिक ज्ञान, व्यक्तित्व, अनुशासन, प्रतिभा र प्रस्तुतीकरणका आधारमा प्रतिस्पर्धा गरेका थिए ।आयोजक कलस इभेन्टका कार्यकारी अध्यक्ष सञ्जय महर्जनका अनुसार नेवा:हरुको भाषा, कला, संस्कृति, संस्कार, सम्पदाको सामान्य ज्ञान सहित व्यवहारिक ज्ञान नया पुस्तमा हस्तातान्रण गर्ने उद्देश्यले कार्यक्रम गरेको जानकारी दिए ।

प्रतिस्पर्धीलाई नेपाल लिपि कसरी लेख्न र पढ्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान पनि दिएको थियो। इभेन्टकी प्रबन्ध निर्देशक वर्षा महर्जनले प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने बताइन् ।