लोककवि राजभाई जकःमिलाई जन अभिनन्दनका साथ “नेपाः रत्न पदक”बाट सम्मानित

लोककवि राजभाई जकःमिलाई जन अभिनन्दनका साथ “नेपाः रत्न पदक” बाट आज सम्मानित गरेको छ। अभिनन्दित जकःमिद्वारा लिखित कीर्तिपुर नगरको पहिचान ऐतिहासिक काव्य संग्रह “किपू देय्या तजिलजि” पनि आजनै लोकार्पण भएको छ । कीर्तिपुरका “नव प्रतिभालाई प्रोत्साहन, अग्रजलाई सम्मान, हाम्रो कला–संस्कृति नेपालको मौलिक पहिचान” नाराका साथ नेपाल कला–संस्कृति उत्थान समाजको आयोजनामा कीर्तिपुर नगरपालिकाको सहकार्यमा साथै विभिन्न संघसंस्थाको सामूहिक सहभागीमा लोककवि राजभाई जकःमिलाई बृहत् जन अभिनन्दन गरेको थियो।

उक्त कार्यक्रमा आयोजक संस्था नेपाल कला–संस्कृति उत्थान समाजद्वारा पहिलो पटक अभिनन्दित व्यक्तित्व लोककवि जकःमिलाई नेपालभाषा साहित्य क्षेत्रमा साहित्य सिर्जनामार्फत् गरिरहनु भएको अतुलनीय योगदानको कदर गर्दै “नेपाः रत्न पदक” बाट पनि सम्मानित गर्नु अघि शनिवार विहान ८ बजे कीर्तिपुर ९ वडास्थित पांगा दोबाटोबाट बाजागाजासहित ¥यालि गर्दै कीर्तिपुर सिनेप्लेक्स हल पुगी अभिनन्दन कार्यक्रम भएको थियो।

कार्यक्रममा अभिनन्दित व्यक्तित्व लोककवि जकःमिद्वारा रचित गीत संगीत ख्यालिजुजु मदनकृष्ण श्रेष्ठ, पवित्र कसाः, संगीता शाक्य, सतीश महर्जन, रिता महर्जन, मथुरा महर्जन, कृष्णमान डंगोल, दीपा महर्जन, रत्नशोभा महर्जनले प्रस्तुत गरिने कार्यक्रम रहेको छ भने लोककवि जकःमिद्वारा रचित “सिंह र खरायो” लोकभाकाको अपेरा पनि काठमाडौं जैसीदेगःस्थित श्री कुमारी माध्यमिक विद्यालयबाट प्रस्तुत गरेको थियो ।