अन्तत आज रवि लामिछाने थुनामुक्त भएको छ। अदालतले रास्वपा सभापति रवि लामिछानेलाई रिहाइको आदेश दिएसँगै नख्खु कारागारबाहिर भीड जम्मा भएको छ । रास्वपाका कार्यकर्ता र समर्थक ठूलो संख्यामा कारागारबाहिर जम्मा भएर नाराबाजी गरिरहेका छन् ।
उच्च अदालत तुलसीपुरले आज लामिछानेलाई रिहाइ गर्ने आदेश गरेको थियो । यसअघि जिल्ला अदालतमा बुझाएको बैंक ग्यारेन्टीलाई स्वकार गर्दै मुद्दाको पुर्पक्ष गर्न भनिएको छ ।
रास्वपा सभापति रवि लामिछानेबाट पेश भएको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टीलाई स्वीकार गरेको छ ।
