रविको रिहाइ भोलि मात्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलिमात्र जेलमुक्त हुने भएका छन् । जिल्ला अदालत रुपन्देहीमा पुगेर कागजात लिनुपर्ने रास्वपाका नेता हरि ढकालले जानकारी दिए ।

ढकालका अनुसार पूर्जी लिन लामिछाने भोलि भैरहवा जानेछन् । उच्च अदालत तुल्सीपुरले लामिछानेलाई रिहाइ गर्न आज आदेश दिएको थियो । उक्त आदेशसँगै नख्खु कारागारबाहिर रविलाई स्वागत गर्न भिड लागेको छ ।