काठमाडौँ पौष ८ । हाल देश तथा विदेशमा भइरहेका हिंसा तथा अशान्तिलाई रोक्ने कामना सहित शान्ति र करुणाको सन्देश फैलाउने उद्देश्यले यही मिति २०८२ पौष १२ गते शनिबारका दिन काठमाडौँको विर अस्पताल पछाडि रहेको महाबुद्ध महाविहारमा काठमाडौँ बुद्ध शान्त पार्क निर्माण समितिले “महा परीत्राण २०८२” कार्यक्रमको आयोजना गर्ने भएको छ ।
विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म हुने उक्त महा परीत्राण कार्यक्रममा बुद्ध पूजा, दैनिक भजन, अष्ट परिष्कार दान, दान–पुण्य, सामूहिक पाठ, ज्ञानमाला भजन तथा भोजन दान गर्ने लगायतका कार्यक्रमहरु राखिएका छन् ।
शान्तिप्रेमी स्थानीय बासिन्दा, धार्मिक संस्था तथा भक्तजनहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रमलाई काठमाडौँ महानगरपालिका वडा नं. १७ कार्यालय र स्थानीय संस्थाहरु महाबौद्ध टोल विकास तथा व्यवस्थापन समिति, मित्र युवा क्लब, सांस्कृतिक ज्ञानमाला सुगम संगीत मञ्च र महादेव मण्डल क्लबले पनि सहयोग गरेको छ ।
