काठमाडौं । प्रतिनिधिसभा चुनावका लागि दलहरूले समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् । सूची बुझाउन आज र भोलिलाई समय तोकिएको छ ।
सबैभन्दा पहिले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले बन्दसूची पेश गरेको निर्वाचन आयोगले जनाएको छ ।
आयोग पुगेर नेमकिपाका प्रतिनिधिले ११० जना उम्मेदवारको बन्दसूची पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए । अरु दल पनि बन्दसूची पेश गर्ने प्रक्रियामा रहेको उनले बताए ।
