मुगुमा नेपाली सेनाको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मुगु । मुगुमा नेपाली सेनाको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रारा क्षेत्रमा सैनिक पुर्‍याएर फर्किँदै गरेको जीप भिरबाट खसेको थियो ।

हनुमान ध्वज गुल्म हुटु राराबाट भुलभुलेसम्म सैनिक पुर्‍याएर फर्किने क्रममा आइतबार साँझ जीप दुर्घटना हुँदा अमलदार हरिसिंह ऐडी गम्भीर घाइते भएका थिए । मुगु अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

मुगुका सीडीओ खडानन्द खत्रीका अनुसार उनी बैतडी पाटन-४ बगाडीका हुन् ।