नेपालभाषा मंकाः खलःको आयोजनामा नेवाः मुना

काठमाडौं/नेपालभाषा मंकाः खलः को आयोजनामा नेवाः मुना कार्यक्रम पुस १२ गते शनिवार मंकाः खलको भवनमा भएको छ।

नेवाः फल्चाको उद्घाटन गरिएको कार्यक्रममा नेपालभाषाका चार महान हस्तीहरु पं. निष्ठानन्द वज्राचार्य, योगवीर सिं कंसाकार, महाकवि सिद्धिदास अमात्य र मास्टर जगत सुन्दर मल्लका साथै कविकेशरी चित्तधर हृदय, नेपाल संक्तका प्रणेता शंखधर साख्वाः र नेवाः अभियन्ताका साथै मानव अधिकारकर्मी नेता पद्मरत्न तुलाधरको पनि मूर्ति सार्वजनिक गरेको छ।

खल का अध्यक्ष रमेशमान पियाको सभापतित्वमा भएको कार्यक्रममा मंकाः खलः को पर बनाउन सहयोग गर्ने मनकारीहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा उपमेयर सुनिता डंगोल, पूर्व सांसद शैलेन्द्रमान वज्राचार्य, पूर्व मेयर विद्यासुन्दर शाक्य, कामपा १५ बढ़ाका बढ़ा अध्यक्ष ईश्वरमान डंगोल, कामपा २२ वडाका वडा अध्यक्ष चिनिकाजी महर्जन, कामपा २१ वडाका अध्यक्ष उदय चुडामणि वज्राचार्यलाई सम्मानित गरेका थिए ।