आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि देखिएको छ।

काठमाडौँमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर आज ३ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ, जबकि अघिल्लो दिन यसको मूल्य ३ लाख ९ हजार ५ सय रुपैयाँ थियो।

त्यसैगरी चाँदीको मूल्यमा पनि ७० रुपैयाँको वृद्धि भएको छ। हिजो ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर ५ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ।