खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ६ जना घाइते

खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर २ मा आज बिहान एउटा हेलिकप्टर दुर्घटना भएको छ।

काठमाडौँबाट उडेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर बिहान ११ बजेर ५५ मिनेटमा अवतरण गर्ने क्रममा अनियन्त्रित भई भित्तामा ठोक्किएको हो।

खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार पाइलट सविन थापासहित हेलिकप्टरमा सवार ६ जना नै यस घटनामा घाइते भएका छन्।

नागरिक उड्डयन प्राधिकरणले घाइतेहरूको उद्धारका लागि काठमाडौँबाट अर्को हेलिकप्टर पठाएको थियो र उनीहरूलाई उपचारका लागि काठमाडौँ ल्याइसकिएको छ।