एमाले अध्यक्ष ओली पक्राउको विरोधमा चाबहिलमा प्रदर्शन

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएपछि राजधानी काठमाडौँमा तनाव उत्पन्न भएको छ।

शनिबार बिहान भक्तपुरस्थित आफ्नै निवासबाट ओली पक्राउ परेको समाचार सार्वजनिक भएसँगै एमालेका नेता तथा कार्यकर्ताहरू आन्दोलित भएका हुन्।

पक्राउको विरोधमा पार्टीका कार्यकर्ताहरूले चाबहिल चोकमा भेला भएर सरकार विरुद्ध चर्को नाराबाजीसहित प्रदर्शन गरेका छन्।