काठमाडौँ— नेपाली बजारमा सुनको मूल्यमा केही राहत महसुस गरिएको छ भने चाँदीले नयाँ उचाइ चुम्ने सङ्केत देखाएको छ।
गत शुक्रबारको तुलनामा आज आइतबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले सस्तिएको छ।
सुनको भाउ ओरालो लाग्दा उपभोक्तालाई केही राहत मिले पनि चाँदीको मूल्यले भने आज फेरि झस्काएको छ।
महासङ्घको पछिल्लो विवरण अनुसार छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा झरेको छ।
तर, चाँदीको मूल्यमा भने एकैदिन ६५ रुपैयाँको वृद्धि भई ऐतिहासिक पाँच हजार १० रुपैयाँको बिन्दु पार गरेको छ।
विश्व बजारमा सुन प्रतिऔँस चार हजार ७५० डलर र चाँदी ७५ डलर पुग्नुले नेपाली बजारमा अझै अस्थिरता बढ्ने सङ्केत दिएको छ।
एकातिर सुन सस्तिनु र अर्कोतिर चाँदीको मूल्य आकाशिनुले बजारमा मिश्रित प्रतिक्रिया देखिएको छ।
