कीर्तिपुरमा आगलागी भएको कारबाट निकालियो एक जनाको शव

काठमाडौँ- कीर्तिपुरमा कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार कीर्तिपुर नगरपालिका- १ ट्याङ्लाफाँटमा बा५च ३०३८ नम्बरको कारमा आगलागी भएको हो। आगलागीमा परी कार भित्रै रहेका एक जनाको ज्यान गएको छ।

‘आगलागी भएको गाडीबाट एक जनाको शव निकालिएको छ। शव पुरुषको रहेको खुलेको छ। बाँकी अनुसन्धान हुँदैछ,’ ट्राफिक प्रहरी कार्यालयलयले देशसञ्चारसँग भन्यो।