काठमाडौं। झोछें सामुदायिक समाजको पाँचौं अधिवेशन तथा १३औँ वार्षिक साधारणसभा गत शनिबार काठमाडौं महानगरपालिका–२३ का वडा अध्यक्ष मचाराजा महर्जनको प्रमुख आतिथ्य तथा समाजका अध्यक्ष बिरेन्द्र बहादुर मल्लको सभापतित्वमा सम्पन्न भएको छ।
कार्यक्रममा वरिष्ठ समाजसेवी तथा पूर्व नेवा: देय् दबु अध्यक्ष पवित्र बज्राचार्य, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका उपमहानिर्देशक राजेन्द्र सिंह, महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशी, सशस्त्र प्रहरी बल नेपाल हे.क्वा. १८ गणका गणपति रामकृष्ण महर्जन, पूर्व प्रमुख सेनानी तथा गुठी संस्थान सदस्य विकाश शाक्य, नेपाली सेना रणभैरव गणका मेजर बुद्धि महत, प्रहरी वृत्त जनसेवाका प्रमुख प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर थापा, वडा सदस्य तथा आजीवन सदस्य चन्द्रदेवी मानन्धर, ट्राफिक प्रहरी वृत्त जनसेवा, समाजसेवी तथा उद्यमी राजेन्द्र श्रेष्ठ, मानार्थ सदस्य बैकुण्ठ कृष्ण श्रेष्ठ, कानुनी सल्लाहकार अधिवक्ता ऋषिराम न्यौपाने, संरक्षक श्याम मानन्धर र दिनेश सुवालसहित विभिन्न संघ–संस्था, स्थानीय क्लब, व्यवसायी, आजीवन सदस्य, साधारण सदस्य, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
झोछें मिसा पुचःद्वारा अतिथिहरूलाई टीका, खादा तथा मालाले स्वागत गरिएको कार्यक्रममा समाजका सचिव गणपति लाल श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए। अध्यक्ष बिरेन्द्र बहादुर मल्लले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष महेश रत्न बज्राचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। साधारणसभाले दुवै प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो।
अधिवेशनले निवर्तमान कार्यसमितिलाई पुनः सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित गरेको छ। नवगठित कार्यसमितिमा अध्यक्षमा बिरेन्द्र बहादुर मल्ल, प्रथम उपाध्यक्षमा सुदिप ढुङ्गेल, द्वितीय उपाध्यक्षमा गौतम बोधिसत्त्व बज्राचार्य, सचिवमा गणपति लाल श्रेष्ठ, सहसचिवमा राधाकृष्ण मानन्धर, कोषाध्यक्षमा महेश रत्न बज्राचार्य, सहकोषाध्यक्षमा सुदन मानन्धर तथा सदस्यहरूमा उमेश शाक्य, रिना रञ्जितकार, विष्णुलाल श्रेष्ठ, प्रजाराधन राजसिंह सुवाल, नयनतारा शाक्य, हरि दयाल श्रेष्ठ, नेबिन मान श्रेष्ठ र सुशिला बज्राचार्य निर्विरोध चयन भएका छन्।
यसैबीच, Gree की कन्सेप्ट नेपालले समाजलाई समाजको लोगो अंकित ९९ थान टी–सर्ट सहयोग गरेको छ। तीमध्ये ८६ जना सदस्यलाई टी–सर्ट वितरण गरिएको तथा टी–सर्टको औपचारिक विमोचन पनि सम्पन्न गरिएको थियो।
कार्यक्रममा निर्वाचन उपसमिति संयोजक तथा निर्वाचन अधिकृत अधिवक्ता ऋषिराम न्यौपाने र सदस्य अञ्जली श्रेष्ठलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित अध्यक्ष बिरेन्द्र बहादुर मल्ल तथा प्रमुख अतिथि वडा अध्यक्ष मचाराजा महर्जनबाट कृतज्ञतापत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमको समापन गर्दै नवनिर्वाचित अध्यक्ष बिरेन्द्र बहादुर मल्लले समाजलाई अझ सशक्त, सक्रिय र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबै सदस्य, सहयोगी संस्था, शुभेच्छुक तथा सहभागीप्रति आभार व्यक्त गरे। धन्यवाद ज्ञापनपछि पाँचौं अधिवेशन तथा १३औँ वार्षिक साधारणसभा औपचारिक रूपमा सम्पन्न भएको घोषणा गरिएको थियो।
