ग्वार्को बस दुर्घटनामा ज्यान गुमाएकी महिलाको पहिचान खुल्यो

काठमाडौँ– ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा ज्यान गुमाएकी महिलाको पहिचान खुलेको छ।

ज्यान गुमाउनेमा दोलखाको शैलुङ गाउँपालिका स्थायी घर भई हाल भक्तपुर सुर्यबिनायक बस्ने  ४० वर्षीया जेनिशा लामा रहेको ललितपुर प्रहरी परिसले जानकारी दिएको छ।

लामाको बिएण्डबी अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको थियो।

बिहीबार बिहान करिब १०:३० बजे बा २ ख ३५९० नम्बर बस दुर्घटना हुँदा १९ जना घाइते भएका थिए। उनीहरूको बिएण्डबी र ग्लोबल अस्पतालमा उपचार भइरहेको छ।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बस ग्वार्को चोकको फ्लाइओभरको भित्तामा ठोकिएर दुर्घटनामा परेको थियो।