नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ।
बडादसैंको फूलपातीको अवसरमा काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोहको आयोजना गरेको हो।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालगायतको उपस्थिति थियो।
त्यस अवसरमा सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको छ। फूलपाती बढाइँ समारोहमा विभिन्न सैन्य कौशल देखाउनुका साथै हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो।
