काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमालेसँग आगामी सत्ता सहकार्यबारे भएको समझदारीलाई अनुमोदन गरेको छ । बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँग भएको समझदारीलाई अनुमोदन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।
‘हिजो पदाधिकारी बैठकले नेपाली कांग्रेस र एमाले पार्टीबीच सहकार्य गर्ने समझदारी भएको थियो । सरकार निर्माण गर्ने सम्बन्धमा त्यसलाई स्वागत गर्यो । र समर्थन ग¥यो । र दुई दलको नेताहरुकोबीच जुन समझदारी भएको थियो । उनले भने, ‘देशलाई स्थायित्व दिनको लागि देशमा सुशासन आर्थिक समृद्धितर्फ लैजान यो सहकार्य गर्ने मुद्दामा सहमत अन्य दललाई पनि जोड्ने छौं । नयाँ सरकारको नेृतत्व सुरुमा एमालेका अध्यक्ष केपी ओलीको रहने र दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म सरकारको नेतृत्व देउवाले गर्ने मूल समझदारी हो ।’
