ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धि र नेपाल नेत्र ज्योति संघ, सगरमाथा आँखा अस्पताल, लहान बिच सम्झौता भएको छ । हरिसिद्धिमा आँखा तथा कान उपचार केन्द्र संचालन गर्न सोमबार सगरमाथा आँखा अस्पताल, लहानमा सम्झौता भएको हो ।
कार्यक्रममा सगरमाथा आँखा अस्पताल, लहानका अध्यक्ष रबिन्दलाल चौधरी र ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धिका वडा अध्यक्ष गणेश कुमार महर्जनले पारस्परिक मन्जुरीको आधारमा सामुहिक हस्ताक्षर गर्नु भएको छ। हरिसिद्धिको समन्वयमा र सगरमाथा आँखा अस्पताल, लहानको संचालनमा गर्न लागेको आँखा तथा कान उपचार केन्द्रमा आँखा ताथा कानका विभिन्न रोगहरुको जाँच ताथा उपचार साथै औषधी तथा चश्मा सुपथ मुल्यमा उपलब्ध गराउने, मधुमेह तथा उच्च सक्तचाप भएका बिरामीहरुलाई पर्दाको जाँच, आँखाको प्रेशर तथा नली जाँच, मोतिबिन्दु तथा जलबिन्दु भएका बिरामीलाई जाँच गरि पर्रामर्श दिने र आवश्यकता अनुसार समय समयमा आँखाको शिविर तथा शल्यचिकित्सा सेवा प्रदान गरिने छ । आँखा तथा कान उपचार केन्द संचालनको लागि आवश्यक जनशक्ति तथा उपकरण सगरमाथा आँखा अस्पताल, लहानले उपलब्ध गर्नेछ ।
सम्झौता कार्यक्रममा सगरमाथा आँखा अस्पताल, लहानका अध्यक्ष रबिन्दलाल चौधरीले आफ्नो सेवा देशै भरि विस्तार गर्ने उद्देश्य रहेकोमा ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धिसँग सम्बन्ध राख्न पाएकोमा खुसी व्यक्त गर्दै आँखा तथा कान उपचार केन्द्र संचालन गर्न लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गयो । त्यस्तै ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धिका वडा अध्यक्ष गणेश कुमार महर्जनले आँखा तथा कान उपचार केन्द्र संचालन गर्न सहयोग गर्नुहुने सम्पुर्ण ब्यक्तिहरु र सगरमाथा आँखा अस्पताल, लहानलाई विषेश धन्यवाद दिदै लामो समयदेखिको प्रयास पछि एउटा एतिहासिक काम सम्पन्न भएकोमा खुशी ब्यक्त गर्नु भयो। त्यस्तै उहाँले आँखा तथा कान उपचार केन्द्रको सेवा वडामा मात्र सिमित नगराई पुरै ललितपुर महानगरपालिकालाई नै सर्व शुलभ तरिकाले सेवा प्रदान गर्ने उद्देश्य भएको भन्नु भयो ।
यस अघि पनि सगरमाथा आँखा अस्पताल, लहानको सहयोगमा वडा कार्यालय हरिसिद्धिको अयोजनामा दुई पटक निशुल्क शल्यक्रिया सहितको आँखा शिविर संचालन भएको थियो । वडा अध्यक्ष महर्जनको पहलमा वडा नं. २९ मा आधारभूत स्वास्थ्य उपचार केन्द्र पनि संचालन भइरहेको छ ।
