इन्डियन प्रिमियर लिगको नयाँ संस्करण २२ मार्चदेखि सुरु हुँदै छ। १८ औं संस्करणको आइपिएलमा आइपुग्दा यो पटक बाट खेलाडीले आफ्नो मुल्य बाहेक हरेक खेल खेलेबापत ‘म्याच फी’समेत पाउने भएका छन्। यो पटक हरेक खेल खेलेवापत खेलाडीले ‘म्याच’ फी बापत पनि राम्रो रकम प्राप्त गर्दै छन्। जुन लिलामीमा प्राप्त मुल्य भन्दा फरक रकम हो।
पहिलो पटक खेलाडीलाई म्याच फी
आइपिएल इतिहासमा तलब बाहेक खेलाडीले म्याच फी बापत पहिलो पटक पैसा पाउन लागेका हुन्। बीसीसीआइले क्रिकेटरहरूलाई इन्डियन प्रिमियर लिग (आइपीएल) को १७ वर्षे इतिहासमा पहिलो पटक म्याच फी दिन लागेको हो। म्याच फी स्वदेशी तथा विदेशी खेलाडीले पाउने छन्।
उदारणका लागि मुम्बइ इन्डियन्सले रोविन मिन्जलाई ६५ लाखमा रुपैयाँमा खरिद गरेको थियो। उनले प्रत्येक खेलमा ७.५० लाख म्याच फि बापत प्राप्त गर्ने छन्। यदि उनले सबै १४ खेल खेलेमा म्याच फि वापत १.०५ करोड रुपैयाँ प्राप्त गर्ने छन्। अर्थात उनले अनुबन्धन भएको रकम सहित हिसाब गर्दा कूल १ करोड ७० लाख प्राप्त गर्ने छन्। समग्रमा उनको अनुबन्धन भन्दा बढी मूल्य प्राप्त गर्ने छन्। यस्तोमा कम मूल्यमा अनुबन्धन भएका टिमले प्लेइङ ११ मा स्थान बनाएमा उच्च रकम प्राप्त गर्ने छन्।
गिल सर्वाधिक युवा कप्तान बन्दा रहाणे सर्वाधिक पाको कप्तान
यो पटकको आइपिएलमा ५ टिम नयाँ कप्तानका साथ मैदान उत्रिंदै छन्। १० मध्ये ९ कप्तान भारतीय छन्। २०१९ पछि पहिलो पटक यति धेरै भारतीय कप्तान भएका हुन्। यो पटक एक टिमको मात्र कप्तान विदेशी छन्। हैदराबादले अस्ट्रेलियाका प्याट कमिन्सलाई कप्तान बनाएको छ। बाँकी ९ टिमले भारतीय कप्तान बनाएका छन्।
१० टिमका कप्तानको औषत उमेर ३० वर्षको रहेको छ। गुजरा टाइटन्सका शुभमन गिल सर्वाधिक कम उमेर अर्थात २५ वर्षका छन्। जबकी कोलकाता नाइट राइडर्सका अजिंक्य रहाणे सर्वाधिक पाको कप्तान अर्थात ३६ वर्षका छन्।
पाँच टिमका नयाँ कप्तान को-को?
अक्षर पटेल:
दिल्लीले अक्षरलाई १६.५० करोडमा रिटेन गरेको हो। लेफ्ट आर्म स्पिनरलाई दिल्लीले २०१९ मा अनुबन्धन गरेको थियो। उनले यो पटक दिल्लीको कप्तानी गर्दै छन्।
अजिंक्य रहाणे:
अजिंक्य रहाणेले यो पटक कोलकाताको कप्तानी गर्दै छन्। उनले २५ खेलमा कप्तानी गरिसकेका छन्। गत संस्करण श्रेयस अय्यरले कोलकाताको कप्तानी गरेका थिए।
ऋषभ पन्त:
ऋषभ पन्त आइपिएल इतिहासकै सर्वाधिक महंगो कप्तान हुन्। उनलाई लखनउले २७ करोडमा आफ्नो टिममा खरिद गरेको थियो। उनी अघि टिमको कप्तानको जिम्मा केएल राहुलले गरेका थिए। उनले यसअघि दिल्लीको कप्तानी समेत गरेका थिए।
श्रेयर अय्यर:
गत संस्करणमा कोलकातालाई च्याम्पियन बनाएका ३० वर्षीय श्रेयस अय्यरले यो पटक पञ्जाबको कप्तानी गर्दै छन्। उनी पञ्जाबको १७ औं कप्तान हुन्। केकेआरलाई पछिल्लो समय उपाधि जिताएका श्रेयसलाई यो पटक पञ्जाबले २६.७५ करोडमा टिममा अनुबन्धन गरेको हो। उनले आइपिएलमा ७० खेलको कप्तानी गरिसकेका छन्। जसमा उनले आफ्नो कप्तानीमा ३८ खेल जितेका छन्।
रजत पाटीदार:
पहिलो पटक आइपिएलमा कप्तानी गर्न लगेका पाटीदारले बैंगलोरको बागडोर समाल्दै छन्। ३१ वर्षीय पाटिदार बैंगलोरका ८ औं कप्तान हुन्। उनले यसअघि मधय प्रदेशको सैय्यद मुश्ताका अली ट्रफीमा टिमलाई फाइनल पुर्याएका थिए। उनी अघि आरसिबीको कप्तानी फाफ डु प्लेसिसले सम्हालेका थिए।
