रास्वपा र राप्रपाको संसद् अवरोध कायमै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद् बैठक अवरोध गरेका छन्। सधैं झै राप्रपाले आज पनि संसद् बैठक बहिष्कार गरेको छ भने रास्वपाले वेल घेराउ गरेको छ।

उनीहरूले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जोडिएको भन्दै राजीनामा र संसदीय समितिको माग गर्दै आइरहेको छ। सरकारले प्रशासनिक तहबाट भिजिट भिसा प्रकणमा छानबिन समिति बनाए पनि उनीहरूले यस समितिप्रति आपत्ति जनाएका छन्।

उनीहरूले जेठ १२ गतेदेखि संसद् अवरुद्ध गर्दै आइरहेका छन्।