जेनजी युवा आन्दोलनपछि प्रहरी प्रमुखहरु फेरिए

जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारीको ठाउँमा प्रहरीका केन्द्रीय सहप्रवक्ता रहेका एसएसपी रमेश थापालाई पठाइएको छ।

एसएसपी विश्व अधिकारीलाई भने प्रहरी प्रधान कार्यालयमा तानिएको छ। अधिकारी २०८१ माघ १५ मा काठमाडौँ आएका थिए ।

 नेपाल प्रहरीका ९० नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति एक सूचना जारी गर्दै ९० डीएसपीहरुको सरुवा गरेको हो । सो क्रममा काठमाडौंका केही वृत्त प्रमुखहरुको पनि सरुवा गरिएको छ ।

जेनजी युवा आन्दोलनपछि नेपाल प्रहरीका ४८ एसपीहरुको पनि सरुवा भएको छ ।