काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलाबेला आफ्नै अभिव्यक्तिबाट विवादमा तानिरहन्छन्। यस पटक पनि फेरी शनिबार मध्यराति सामाजिक सञ्जालमार्फत उनले लेखेको स्टाटसमा प्रयोग गरिएका शब्दले नयाँ राजनीतिक र कूटनीतिक तरंग ल्याएको छ। उक्त स्टाटसमा बालेनले दुई छिमेकी मुलुक-चीन र भारतसँगै अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गर्दै आलोचनात्मक अभिव्यक्ति दिएका थिए।
उनले ११ बजेर ५६ मिनेटमा यो स्टाटस लेखेका थिए। उनले उक्त स्टाटस सञ्जालबाट हटाइसकेका छन्। पोस्ट गरेको केही मिनेटमै उनीमाथि चर्को आलोचना सुरू भैसकेको थियो। करिब आधा घण्टापछि उनले स्टाटस हटाए पनि त्यसअघि नै स्क्रिनसट भाइरल भइसकेको थियो।
