सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढ्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ३९ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर तोलाको तीन हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको तीन हजार ६० रुपैयाँ थियो ।