काठमाडौँ – सुनको मूल्यमा केही दिनयता देखिएको उच्च उतारचढावबीच आज उपभोक्तालाई केही राहत मिलेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा तोलामा ३ हजार रुपैयाँको भारी गिरावट आएको छ ।
हिजो प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ लाख ९७ हजार ५०० रुपैयाँमा झरेको छ । त्यस्तै, चाँदीको भाउमा पनि निरन्तर गिरावट देखिएको छ ।
आज चाँदी तोलामा ५० रुपैयाँले घटेर ४ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बजारमा देखिएको यो मूल्यको अस्थिरताले सर्वसाधारण र लगानीकर्ता दुवैलाई अन्योलमा पारेको छ ।
