कक्षा १२ को वार्षिक परीक्षा देशभर सुरु, साढे ४ लाख परीक्षार्थी सहभागी

काठमाडौँ— माध्यमिक शिक्षा परीक्षा (एसईई) को चाप सकिएसँगै आज सोमबारदेखि कक्षा १२ को अन्तिम वार्षिक परीक्षा देशभर एकैसाथ सुरु भएको छ।

\राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिका अनुसार बिहान ८ बजेदेखि परीक्षा सञ्चालन भइरहेको हो।

यस वर्ष देशभर तोकिएका १ हजार ४ सय २१ वटा परीक्षा केन्द्रबाट करिब ४ लाख १८ हजार ८ सय परीक्षार्थीहरू परीक्षामा सामेल भएका छन्।

परीक्षालाई मर्यादित, निष्पक्ष र व्यवस्थित बनाउन बोर्डले आवश्यक सुरक्षा व्यवस्था मिलाउनुका साथै प्रत्येक केन्द्रमा केन्द्राध्यक्षहरूलाई जिम्मेवारी तोकेर परिचालन गरेको जनाएको छ।