नेवाः पत्रकार राष्ट्रिय दबूले विदेश शाखा विस्तार गर्ने

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले आफ्नो संगठन विस्तारलाई विदेशसम्म फैलाउने उद्देश्यसहित विभिन्न देशमा शाखा विस्तार गर्ने तयारी गरेको छ।

दबूका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख सुरेन्द्र भक्त श्रेष्ठका अनुसार सचिवालय बैठकले विदेशमा रहेका नेवाः पत्रकारहरूसँग समन्वय गरी विदेश शाखा गठन गर्ने निर्णय गरेको हो।

श्रेष्ठकाअनुसार जापानमा चन्द्रमान महर्जन, अमेरिकामा अनिल रञ्जित, नेदरल्याण्ड्समा आशिष राजभण्डारी, अष्ट्रेलियामा डा. राजु मानन्धर, यूएईमा सचिन्द्र श्रेष्ठ, पोल्याण्डमा अभिनाश डंगोल, क्यानाडामा शिव कारञ्जित, पोर्चुगलमा राजेशमान जोशी, नर्वेमा नयन मल्ल तथा जर्मनीमा कुमार नापितले शाखा विस्तारका लागि समन्वय गरिरहेका छन्।

नेपाल संवत् ११३२ मा स्थापना भएको नेवाः पत्रकार राष्ट्रिय दबूले आगामी भदौ १९ र २० गते गोरखाको भीमसेन थापा गाउँपालिका–मिलनबस्तीमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारीसमेत गरेको छ।