सुनको भाउ आज एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौ – सुनचाँदीको भाउ घट्नेक्रम रोकिएको छैन ।

आज पनि सुनचाँदीको भाउ घटेको छ । सुन आज एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घटेको हो ।

भाउ घटेर सुन आज तोलाको २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँले घटेको थियो । सुन हिजो तोलाको २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारयता सुनको भाउ निरन्तर घट्दै आएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ११० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ३ हजार ३८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यसअघि हिजो चाँदी तोलामा ३० रुपैयाँले घटेर तोलाको ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि निरन्तर घटिरहेको छ ।