सुनको मूल्य आज पनि बढ्यो, तोलाको २ लाख ४२ हजार ८ सय रुपैयाँ

काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्यले अझै उच्च बिन्दुतर्फ जाने संकेत देखिएको छ। यसअघि गत माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ३ हजार ४० रुपैयाँ रहेको चाँदीको मूल्य आज ३ हजार ७५ रुपैयाँ कायम भएको छ।

गत माघ १५ गते चाँदीको मूल्य पनि हालसम्मकै उच्च प्रतितोला ७ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो।