श्री पल्पसा मिसा पुच:को सामूहिक ब्रतबन्ध सम्पन्न

श्री पल्पसा मिसा पुच:को सामूहिक ब्रतबन्ध सम्पन भएको छ। पल्पसा मिसा पुच आयोजनामा र काठमाडौँ महानगर पालिकाको सहआयोजना गरेको सामूहिक ब्रतबन्धमा १४ जनाको गरिएको पुच:का कोषाध्यक्ष कविता श्रेष्ठले जानकारी दिइन्। उक्त कार्यक्रम महाबौद्ध वटुको गणेश मदिर अगाडी भएको थियो।

ब्रतबन्ध हिन्दु परम्परा अनुसार गरिएको थियो। गत वर्ष पनि यसरी नै ब्रतबन्ध गराउदै आएको थियो । घरमा गर्दा खर्च धेरै लाग्ने र अनेकथरीको बन्दोबस्ती गर्नुपर्ने भएकाले सहज तरिकाले सामूहिक ब्रतबन्ध गर्ने चलन पछिलो समय चलन चलेको छ । सामूहिक रुपमा आयोजना गरेको ब्रतवन्धले अभिभावहरूलाई संस्कृतिको नाममा हुने खर्चको बोझ हटेको अभिभावकले बताएका छन् । बिहान ९ बजे बाट सुरु भएको दिउसो २ बजे सकिएको थियो ।