पाहांचःह्रेमा काठमाडौं उपत्यकावासी कंग अजिमाको आफ्नो घरमा पुजा गर्दै

पाहांचःह्रे काठमाडौं उपत्यकाको एक मुख्य चाड हो । पाहांचःह्रेमा काठमाडौं उपत्यकावासीहरुले लुकुमहाःद्यः र विभिन्न देवीदेवताको जात्रा गर्ने गर्छन् । साथै आफ्ना छोरीबेटि, आफन्त, मित्रजन आदि इत्यादीलाई नखत्या बोलाएर भोज गरी रमाइलो गर्ने गर्दछन् ।

चन्द्रमासको सातौं महिना चिल्ला महिनालाई विरही, उदासी र उदेकलाग्दो महिनाको रुपमा लिइन्छ । हावाहुरी पनि आउने, छिनमै घाम पनि लाग्ने, छिनमै पानी पर्ने र मौसमी बदलाव कारण रुघाखोकि र ज्वरोले सताउने भइरहन्छ ।

मौसम र मौसमी बदलावका कारण स्वास्थ्य समस्या पनि भइरहँदा काम, आर्थिक उपार्जन आदिमा पनि असर परेको हुन्छ । त्यसैले यो समयलाई उदेकलाग्दो समयको रुपमा लिइने हो ।

यहि उदेकलाग्दो समयलाइ चिर्दै नेवाः समुदायले चिल्ला महिनाको अन्तिम दिन पाहांचःह्रेमा नखत्या बोलाएर भोज गरी रमाइलो गर्ने गर्दछन् ।