डब्ल्यूएनओका केन्द्रिय अध्यक्ष संयुक्त श्रेष्ठ सम्मानित

काठमाण्डाैं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ)  नेपाल च्याप्टरले नेपाल भ्रमणमा रहेका डब्ल्यूएनओका केन्द्रिय अध्यक्ष संयुक्त श्रेष्ठलाई सम्मान गरेको छ।   नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठको सभाअध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले केन्द्रिय अध्यक्ष श्रेष्ठलाई सम्मान गर्नु भएको हो।

कार्यक्रममा नेपाल च्याप्टरका प्रमुख संरक्षकमा समाजसेवी पञ्चवीर सिंह तुलाधर, संरक्षकमा सुवर्णकेशरी चित्रकारलाई मनोनित गरेको थियो भने सल्लाहकारमा नरेन्द्रभक्त हाडा, पुष्करभक्त माथेमा, अम्बिका श्रेष्ठ, रघुवरभक्त मानन्धर, विजय प्रकाश सैंजु, नहेन्द्र प्रधान, सुर बहादुर श्रेष्ठ, हरि स्यस्यः र उमेश स्थापित, सदस्यमा अम्बिका तुलाधर, उत्तम श्रेष्ठ, निराकार श्रेष्ठलाई मनोनित गर्दै नियुक्तिपत्र पनि हस्तातरण गरेको थियो।

कार्यक्रममा बागमती प्रदेशका सांसद शैलेन्द्र बज्राचार्य, काठमाण्डौं महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्य लगायतको उपस्थिति थियो।