मुकुन्द रिजालको निधनपछि पुष्प महर्जनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डाै – काठमाण्डाै  महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ । सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट उहाँलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको महानगरपालिकाले जनाएको छ । 

सोमबार नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष सिफारिस गर्ने निर्णय भएको थियो । 

वडाध्यक्ष मुकुन्द रिजालको २१ भदौमा असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो ।