काठमाण्डाै – प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ । उहाँ औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङशन फोरममा सहभागी हुने कार्यक्रम छ । उहाँ आउँदो असोज ३ गते स्वदेश फर्किनुहुनेछ ।
चीन प्रस्थान गर्नुअघि प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गर्नुभएको थियो ।
यो भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने सेनाको विश्वास छ ।
भ्रमणअघि प्रधानसेनापतिलाई जङ्गीअड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । बलाधिकृत केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुनेछ ।
