सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य एक प्रतितोला तीन लाख छ हजार सात सय रुपैयाँ पुगेको छ । हिजो एक तोला…

रोनाल्डोले प्रेमिका जर्जिनासँग गरे विवाह

पोर्चुगलका विश्वचर्चित स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नी प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन्। उनीहरूले करिब एक दशकदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन्। मिडिया रिपोर्टका अनुसार रोनाल्डो र जर्जिनाले मंगलबार पोर्चुगलमा सिभिल म्यारिज अर्थात् कानुनी रूपमा विवाह दर्ता गरेका हुन्। दुवैले…

एकदिवसीय टोलीको कप्तानी सन्दीपले गर्ने

काठमाडौं। नेपाली राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको स्थानमा लेग स्पिनर सन्दीपलाई कप्तानी जिम्मेवारी दिएको जानकारी दिएको हो। योसँगै ३० अगस्टदेखि १२ सेप्टेम्बरसम्म हुने एसीसी प्रिमियर कपदेखि नेपाली टोलीको…

क्रिप्टोकरन्सीको भाउ घट्दा ट्रम्पको मिडिया कम्पनीलाई ३६ अर्ब ३० कराेड रुपैयाँ घाटा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनीले गएको अप्रिलदेखि जुन महिनाको अवधिमा २३ करोड ८० लाख डलर अर्थात् ३६ अर्ब ३० करोड रुपैयाँ घाटा भएको जनाएको छ । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ को मातृ कम्पनी ‘ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप कर्पाेरेशन’…

अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह, स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण

चितवन- जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पुर्याउन सहजिकरण गरेको छ । असाहय, अशक्त, अपाङ्, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थीलाई सो सङ्ख्यामा ग्यास घरमा पुर्याइएको हो । गत एक सातामा प्रशासनको टोल फ्रि नम्बरमा…

सुनको भाउ आज तोलामा ६ हजार ४०० रुपैयाँले बढ्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज एकैदिन तोलामा ६ हजार ४०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको ३ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।…

माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो

चितवन- अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५००…

नेवाः पत्रकार राष्ट्रिय दबूकी पूर्व उपाध्यक्ष मिरा अमात्यको निधन

नेवाः पत्रकार राष्ट्रिय दबूकी पूर्व उपाध्यक्ष तथा पत्रकार मिरा अमात्यको निधन भएको छ। गत पुसमा अमेरिकामा उहाँको निधन भएको भए पनि परिवारले सोमबार बेलुका सामाजिक सञ्जालमार्फत उहाँको निधनको खबर सार्वजनिक गरेको हो । अमात्यले पत्रकारितामार्फत विशेषगरी आदिवासी जनजाति महिलाको सशक्तीकरणका…

आज नेवा: समुदायले गठेमंगल पर्व मनाउदै

आज नेवा: समुदायले गठेमंगल पर्व (गथांमुगः) मनाउदै छन् । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई ‘घण्टाकर्ण चर्तुदशी’ पनि भनिन्छ । आजको दिन दुष्ट आत्मा र भूतप्रेत भगाउन भन्दै घर सरसफाइ गरी राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने चलन छ ।…

८०० बढी प्रतिस्पर्धीलाई पछि पार्दै हाँडी बिरयानीका पोषण नेपाल उत्कृष्ट २० मा

काठमाडौं । नेपाली आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई व्यावसायिक ब्रान्डका रूपमा स्थापित गर्दै आएको हाँडी बिरयानीका सह–संस्थापक तथा जनसम्पर्क प्रमुख पोषण नेपाल अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित प्रतिष्ठित ‘उद्यमशीलता सीप विकास कार्यक्रम–क्यापस्टोन एक्सेलेरेटर’ का उत्कृष्ट…