पाटनमा आज ऐतिहासिक नृसिंह जात्रा

ललितपुर – ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि हुँदै आएकोे ऐतिहासिक नृसिंह जात्रा आज हुँदैछ । आज दिउँसो १२ बजेछि अग्निशाला टोलबाट नृसिंहसहित अरु देवदेवीको यात्रा सुरु गरिने नृसिहं जात्रा समारोह समितिले जनाएकोे छ । ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको…

रुद्रायणी देवीको १२ वर्षे जात्राका लागि देवगणलाई गुफा राखियो  

ललितपुर – ललितपुरको दक्षिणी भेगस्थित खोकनामा रुद्रायणी देवीको १२ वर्षे जात्राका लागि रुद्रायणी देवीसहित मन्दिरभित्रका देवीदेवतालाई  गुफा (गुप्तवास) राखिएको  छ । शनिबार तान्त्रिक विधिपूर्वक पुजाआजा गरी रुद्रायणी, भैरव, कुमारी, गणेश, करुणामय, इन्द्रायणी, बाराही, ब्रम्हा, विष्णु, महेश्वरसहित १४ देवगणलाई  गुफा राखिएको…

पाटनमा आज मतयाः

ललितपुर – ललितपुरको पाटनमा आज दीप यात्रा मतयाः शुरु भएको छ । मतया बिहान ४ बजे सौगलबाट शुरु भएको हो । हरेक वर्ष गाईजात्राको भोलिपल्ट मनाइने मतयामा पाटनका भित्री शहरमा रहेका विभिन्न देवदेवी, चैत्यको पूजा गर्ने गरिन्छ । विशेष गरेर…

काठमाण्डौंका यी क्षेत्रमा आज र भोलि सवारी निषेध

काठमाण्डौं – काठमाण्डौं महानगरपालिकाले महानगरभित्रका विभिन्न क्षेत्रमा आज र भोलि सवारी आवगमन निषेध गरेको छ । काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुंपुन्हि र सापारु (गाईजात्रा) पर्व मनाइने भएकाले आज र भोलि विभिन्न क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।…

डब्ल्यूएनओका केन्द्रिय अध्यक्ष संयुक्त श्रेष्ठ सम्मानित

काठमाण्डाैं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ)  नेपाल च्याप्टरले नेपाल भ्रमणमा रहेका डब्ल्यूएनओका केन्द्रिय अध्यक्ष संयुक्त श्रेष्ठलाई सम्मान गरेको छ।   नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठको सभाअध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले केन्द्रिय अध्यक्ष श्रेष्ठलाई सम्मान…

शिक्षाविद् एवम् इतिहासविद् ज्ञानकाजी खिं मानन्धरको निधन

काठमाण्डाै – शिक्षाविद् एवम् इतिहासविद् ज्ञानकाजी खिं मानन्धरको निधन भएको छ। शिक्षा, संस्कृति र सामाजिक क्षेत्रमा अतुलनीय योगदान दिनुभएका मानन्धरको ८९ वर्षको उमेरमा गए राती निधन भएको हो। केही समय अघि देखि बिरामी हुनुभएका उहाँ उपचाररत हुनुहुन्थ्यो। वि.सं. १९९१ पुस महिनामा…

पाटनमा आज पंचदान पर्व मनाइँदै

ललितपुर – आज ललितपुरको पाटनमा बौद्ध धर्मालम्बीले पंचदान (पंज्रा) पर्व मनाइरहेका छन् । हरेक वर्ष श्रावणशुक्ल अष्टमीका दिन पाटनमा पंज्रा द्य भनिने दिपकर बुद्धको मूर्ति अगाडि राखेर बौद्ध धर्मालम्बीहरुले विभिन्न अन्न, पैसा दान दिएर पंचदान मनाउने गर्दछ । आज विहानैदेखि पाटनका…

आज गौरा एवम् दुर्वाष्टमी पर्व मनाइँदै

काठमाण्डाै – उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चन्द्रमासअनुसार भदौ महिनामा मनाइने भए पनि यस वर्ष भदौशुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले साउन शुक्ल अष्टमीमै मनाउन…

कीर्तिपुरमा चितुवाको आक्रमण: एक जना घाइते

काठमाण्डाै – कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । कीर्तिपुर नगरपालिका-४ को पुष्पलाल पार्क नजिकै पर्ने थापागाउँमा गएराति कुखुरा पालन गरेको ठाउँमा कुरुवा बसेका एक जनालाई चितुवाले आक्रमण गरेको हो ।  कीर्तिपुर- ४ का कार्यवाहक अध्यक्ष दिनेशचन्द्र…

आज बाघभैरवको जन्मदिन

काठमाण्डौ – कीर्तिपुरमा आज बाघभैरवको जन्मदिन मनाउँदै जात्रा हुँदैछ । हरेकवर्ष सिंह संक्रान्ति अर्थात भदौ १ गते बाघभैरवको जन्मदिनको रुपमा जात्रा गर्ने चलन छ । आजका दिन बाघभैरवको मन्दिरलाई १०८ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास छ ।…