तीजमा पशुपतिनाथका चार स्थानबाट दर्शनको व्यवस्था

काठमाण्डाै – तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार ठाउँबाट दर्शन गराइने भएको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्ष तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि सहज बनाउन चार ठाउँबाट लाइनको व्यवस्था गर्न लागेको हो…

पञ्चदान पर्व मनाइयो

काठमाण्डाै – बौद्धमार्गी नेवार समुदायले आज पञ्चदान पर्व मनाएको छ । साउन शुक्ल प्रतिप्रदादेखि मनाउदै आएको गुंला पर्व अन्तर्गत  प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ । आजका दिन काठमाण्डाै, भक्तपुर, साँखु, बनेपा, नुवाकोट लगायतको ठाँउमा पञ्चदान पर्व…

भक्तपुरमा पञ्चदान : नगर परिक्रमामा दिपंकर बुद्ध

भक्तपुर – भक्तपुरमा आज पञ्जरां (पञ्चदान) पर्व मनाइएको छ। भक्तपुरका पाँच बिहारबाट निस्केका दिपंकर बुद्धलाई आज दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइएको हो। भक्तपुरमा भदाै कृष्ण पक्ष त्रयोदशीका दिन पञ्जरां मनाउने गरिन्छ। भक्तपुरको क्वाठन्डौँको प्रसन्नाशील महाविहार, गोल्मढीको…

मुकुन्द रिजालको निधनपछि पुष्प महर्जनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डाै – काठमाण्डाै  महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ । सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट उहाँलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको महानगरपालिकाले जनाएको छ ।  सोमबार नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष सिफारिस गर्ने निर्णय…

ब्याडमिन्टन प्रतियोगिताका उपाधि विजेतालाई पुरस्कार वितरण

ललितपुर -ज्यापु समाज यलको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको प्रथम काजिलाल अवाले स्मृति ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको छ । मेन्स डबल, भेन्ट्रान र अण्डर १७ गरी तीन समूहमा भएको प्रतियोगिताका विजयीलाई बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा…

वसन्तपुरमा सामूहिक धाः बाजा प्रदर्शनी

काठमाण्डाैं -देशभरका मानन्धरहरूको साझा संस्था केन्द्रीय मानन्धर संघले वसन्तपुरमा सामूहिक धाः बाजा प्रदर्शनी कार्यक्रम  गरेको छ । हिजो शनिबार भएको धाः बाजा प्रदर्शनीमा काठमाडौँ महानगरपालिकासँग सहकार्य गरी संघले १२ वटा टोलका विभिन्न खलः, पुचः र गुठीलाई सम्मिलित गराएको छ ।…

पाटनमा आज भीमसेन जात्रा

ललितपुर – व्यापारीहरुको देवताको रुपमा पुजिने ललितपुरको पाटनमा भीमसेन जात्रा आज हुँदैछ । पाटनमा रहेका चार भीमसेन मध्ये एक, मंगलबजारको जुजु भीमसेनको मूर्तिलाई आज बेलुकी साढे ७ बजे पछि खटमा राखेर पाटनको विभिन्न ठाँउमा परिक्रमा गरेर भीमसेन जात्रा मनाइन्छ। हरेक…

कृष्णजन्माष्टीमा काभ्रेमा पुजिए १३ हजार कन्या

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चाेकमा कृष्ण जन्माष्टीको अवसरमा हिजाे १३ हजारभन्दा बढी कन्यालाई पुजिएकाे छ । काभ्रेकाे बनेपा, पनाैती, धुलिखेल, पाँचखाल लगायतका विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरी १३ हजारभन्दा बढी कन्यालाई पुजिएको हाे । विसं १९५९ देखि काभ्रेपलाञ्चोकमा कृष्ण जन्माष्टीको अवसरमा शुरु गरिएको ‘कन्या…

रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम अझै सकिएन

ललितपुर -वर्षा र सहकालका रुपमा प्रख्यात रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण कार्य सुरु भएको छ वर्ष बितिसक्दा सम्पन्न भएको छैन। ललितपुर उपमहानगरपालिका–२२ बागमतीमा रहेको ऐतिहासिक रातो मच्छिन्द्रनाथको मन्दिरलाई विसं २०७२ को भूकम्पले ढालेको थियो। मच्छिन्द्रनाथ मन्दिरसँगै रहेका मनकामना माई मन्दिर र…

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर – ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ…