सतुङ्गलमा चप्पल कारखानामा आगलागी

काठमाण्डाै – काठमाण्डाैको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलमा रहेकाे चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।  गए राति विद्युत् सर्ट भइ आगालागी हुँदा कारखानामा रहेकाे मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर नष्ट भएकाे हाे ।  आगलागीबाट…

यःसिंलाई नगर प्रवेश गराइयो

काठमाडौं – इन्द्रजात्राको अवसरमा काठमाडौंको बसन्तपुरमा ठड्याउने इन्द्रध्वज यःसिंलाई शनिबार नगर प्रवेश गराइएकोछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन यःसिंलाई नगर प्रवेश गराइने परम्परा छ । नगर प्रवेश भनेर यःसिंलाई भोटाहिटीबाट तानेर बसन्तपुर पुरयाइने प्रक्रियालाई भनिन्छ। भक्तपुरको चित्तपोलमा रहेको…

भोटाहिटीमा राखिएको यःसिंलाई शनिबार नगर प्रवेश गराइने

काठमाडौं – इन्द्रजात्राको अवसरमा काठमाडौंको बसन्तपुरमा ठड्याउने इन्द्रध्वज यःसिंलाई शनिबार असोज ६ गते नगर प्रवेश गराइदैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन यःसिंलाई नगर प्रवेश गराइने परम्परा छ । नगर प्रवेश भनेर यःसिंलाई भोटाहिटीबाट तानेर बसन्तपुर पुरयाइने प्रक्रियालाई भनिन्छ।…

नेपालभाषा मंकाः खलःको भवन निर्माण सम्पन्न

काठमाण्डौ –  नेपालभाषा मंकाः खलःको भवन निर्माण सम्पन्न भएको छ। निर्माण सम्पन्न भएसँगै शनिबार विजेश्वरीमा भएको कार्यक्रममा काठमाण्डौं महानगरपालिकाया उपप्रमुख सुनिता डंगोल, नेपालभाषा मंकाः खलःका अध्यक्ष एवम् जनकवि दुर्गालाल श्रेष्ठ र वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले सामुहिक रुपमा…

मिथिलाञ्चलमा आज चौठचन्द्र पर्व धुमधामका साथ मनाइँदै

काठमाण्डौ – मिथिलाञ्चलमा आज प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व मनाउने गरिन्छ । यसवर्ष तिथिको घटबढका कारण आज पर्व मनाउन लागिएको हो । मैथिली साहित्यका जानकार प्राज्ञ रामभरोस कापडीले…

आज चथा पर्व, तिथी घटबढका कारण भोली पनि मनाइने

काठमाण्डौ – नेवार समुदायले आज सानो दशैको रुपमा लिइने चथा पर्व मनाउँदैछ । हरेक वर्ष भाद्र शुक्ल चौथीका दिन बेलुकी चन्द्रमालाई चोर देवताको रुपमा पूजा गरेर चथा मनाउने गरिन्छ । त्यसैले आज चन्द्रमा हेर्यो भने मिथ्यामा चोरदोश लाग्छ भन्ने जनविश्वास छ…

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

दाङ – पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा बसोबास गर्ने थारु समुदायले माघीपछिको ठूलो पर्वका रुपमा अटवारीलाई मनाउने गर्छन् । पर्वको पहिलो रात दरका रुपमा भात माछा चोखो तरिकाले पकाउने र भाले…

एकमहिने गुंला पर्व सम्पन्न

काठमाण्डौ – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुंला पर्व हिजोदेखि सम्पन्न भएको छ । विशेष गरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरी मनाइएको छ…

तीजमा पशुपतिनाथका चार स्थानबाट दर्शनको व्यवस्था

काठमाण्डाै – तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार ठाउँबाट दर्शन गराइने भएको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्ष तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि सहज बनाउन चार ठाउँबाट लाइनको व्यवस्था गर्न लागेको हो…

पञ्चदान पर्व मनाइयो

काठमाण्डाै – बौद्धमार्गी नेवार समुदायले आज पञ्चदान पर्व मनाएको छ । साउन शुक्ल प्रतिप्रदादेखि मनाउदै आएको गुंला पर्व अन्तर्गत  प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ । आजका दिन काठमाण्डाै, भक्तपुर, साँखु, बनेपा, नुवाकोट लगायतको ठाँउमा पञ्चदान पर्व…