महाकवि सिद्धिदास अमात्यको १५७ औं जन्मजयन्ती मनाईयो

“भाषा रहे जाति रहन्छ” भनी आफ्नो बिचार राखी जानुभएका नेपालभाषाका महाकवि सिद्धिदास अमात्यको १५७ औं जन्मजयन्ती भव्य रुपमा मनाइएको छ । काठमाण्डौं भोताहितिको सिद्धिदास चोकमा भेला भई प्रभात फेरी (नसंचा उले)का साथ नगर परिक्रमा गरिएको छ । सिद्धिदास अमात्यको प्रतिमामा…

खोला मापदण्ड खारेजीको माग गर्दै सायमी सडकमै सुते ,महतोले संविधान जलाए

सडक तथा खोला मापदण्ड खारेजीको माग गर्दै बिहीवार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । ​ गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजीको निम्ति भन्दै सुमन सायमी नेतृत्वको मोर्चाले बिहिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । यस बिचमा राष्ट्रिय मुक्ति क्रान्तिका…

आज इन्द्र जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदै छ । यो पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ ।…

नदीको मापदण्ड सवालमा प्रदेश मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाण्डौ उपत्यकका सबै नदीको मापदण्ड थप २० मिटर गर्ने सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई लिएर बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई ध्यानाकर्षण पत्र दिएको छ । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मुख्यमन्त्री…

प्रधानमन्त्रीलाई उपत्यका सडक विस्तार सङ्घर्ष समितिको ध्यानाकर्षण

काठमाडौँ उपत्यकाका खोला किनारमा थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला कार्यान्वयन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयप्रति आपत्ति जनाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार उपत्यका सडक विस्तार पीडित समिति तथा खोला मापदण्ड सरोकार समूहका…

वी पी चिन्तन प्रतिष्ठान केन्द्रियले बीपी कोइरालाको १११ औँ जन्मजयन्तीमा अन्तर संवाद सपन्न

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइँदैछ । यसै क्रममा आज वी पी चिन्तन प्रतिष्ठान केन्द्रियले प्रजातान्त्रिक समाजवादको अन्तर संवाद कार्यक्रम वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वर सपन्न गरेको छ। उक्त कार्यक्रम कोइरालाले गरेका योगदान…

आज चथा पर्व

काठमाण्डौ – नेवार समुदायले आज सानो दशैको रुपमा लिइने चथा पर्व मनाउँदैछ । हरेक वर्ष भाद्र शुक्ल चौथीका दिन बेलुकी चन्द्रमालाई चोर देवताको रुपमा पूजा गरेर चथा मनाउने गरिन्छ । त्यसैले आज चन्द्रमा हेर्यो भने मिथ्यामा चोरदोश लाग्छ भन्ने जनविश्वास…

आज गणेश चतुर्थी मनाइँदै

काठमाण्डौ – भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ । सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज काठमाण्डौ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश…

सौर्य एअरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक प्रतिवेदन : मापदण्ड पालना नहुनु मुख्य कारण

काठमाण्डौ – गएको साउन ९ गते पोखराका लागि उड्दै गर्दा त्रिभुवन विमानस्थलमै दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना हुनुमा मापदण्ड पालना नहुनु मुख्य कारण रहेको दुर्घटना जाँच आयोगले उल्लेख गरेको छ । आयोगले मन्त्रालयलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा जहाजको तौलमा ध्यान…

आज न्वागी मनाउँदै चेपाङ समुदाय

काठमाण्डौ – चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन…