होटल, रेष्टुरेण्ट र पार्टी प्यालेस बन्द नहुने, तर मदिरा र नशालु पदार्थ बेच्न नपाइने

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा देशभरका कुनै पनि स्थानमा होटल, रेष्टुरेण्ट र पार्टी प्यालेस सञ्चालन गर्न कुनै बाधा नहुने केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए । तर, मदिरा र नशालु पदार्थको बिक्री वितरण गरेको…

कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ ।

काठमाण्डाै – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज एकैदिन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको ३ लाख २० हजार नाघेको छ । नेपाल सुनचाँदी…

भगिनी सहर सम्बन्धलाई नागरिकमुखी बनाउने डंगोलको प्रस्ताव

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगर–नगरबीचको सम्बन्धलाई औपचारिकता भन्दा अघि बढाएर “नागरिक कूटनीति” को व्यवहारिक माध्यम बनाइनुपर्ने बताउनुभएको छ। सिस्टर सिटी इन्टरनेशनलका नेपाल प्रतिनिधि डेभिड कापारा तथा काठमाडौँ–फ्रेडरिक्सबर्ग भगिनी समिति पदाधिकारीहरूसँगको भेटमा उहाँले दिगो र नागरिकमुखी कार्यक्रममार्फत सम्बन्धलाई अर्थपूर्ण…

आज शुक्रबार बिहान ४.७ रेक्टर स्केलको भूकम्प गएको छ।

शुक्रबार बिहान संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प गएको छ। शुक्रबार बिहान ३:१८ बजे ४.७ रेक्टर स्केलको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोलामा रहेको थियो। भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ…

आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ- आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १३० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको…

विराज द्वारा काठमाडौं–८ मा घरदैलो अभियान तीव्र ,पूजा–आराधनासहित कार्यक्रम

काठमाडौं । काठमाडौं क्षेत्र नं. ८ अन्तर्गत वडा नं. १५ मा घरदैलो कार्यक्रम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। उक्त अभियानलाई तीव्रता दिँदै नेता बिराज भक्त श्रेष्ठले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिएका छन्। आजको घरदैलो कार्यक्रम शोभा भगवती…

निर्वाचन सुरक्षामा कडाइ: भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका अस्थायी रूपमा बन्द

जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर ले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा रणनीति कडा बनाएको छ। भारतसँग खुला सीमा जोडिएको कञ्चनपुर जिल्ला मा सम्भावित आवतजावत र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निर्वाचन अवधिभर सबै सीमा नाका अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको…

महानगरपालिकाबाट शार्दुलजंग गुल्मलाई आगलागी नियन्त्रण उपकरण प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शार्दुलजंग गुल्मलाई आगलागी नियन्त्रणका लागि आवश्यक पर्ने साधन तथा उपकरण प्रदान गरेको छ । आज गुल्म परिसरमा आयोजित समारोहमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, गुल्मपति सुमित राज मल्ललाई सामग्री तथा उपकरण हस्तान्तरण गर्नुभएको हो । त्यस…

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । भने चाँदीकाे घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार…

बैतडीमा म्यादी प्रहरीको निधन

बैतडी- आसन्न निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक अस्थायी (म्यादी) प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी मेलौली नगरपालिका–६ हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट छन् । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा…