आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध समापन गरिँदै

काठमाण्डाै – असोज कृष्ण प्रतिपदादेखि शुरु भएको सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । शुरुको दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम दिन औँसी श्राद्ध गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र…

यात्रुवाहक सवारीमा रुट परमिट खुला

काठमाण्डाै – सरकारले नेपालीहरुको महान् पर्व बडा दसैँमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार…

पचली भैरवको लिङ्गो उठाउने जात्रा ४५ वर्षपछि पुनःस्थापना गरिँदै

काठमाण्डाै – विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा यस वर्ष पुनःस्थापित हुने भएको छ । जात्राका लागि आज साँखुमाथिको जङ्गलबाट लिङ्गोका लागि रुख काटेर ल्याइएको पचली भैरवका गुठियार कुमार रञ्जितकारले राससलाई जानकारी दिनु भयो। आश्विन शुक्ल…

सत्यकाे खाेज, कवि-कविताकाे छवि दुर्गालाल श्रेष्ठ र क्लासिकल नेवार लिट्रेचरको लाेकार्पण

काठमाडौं – शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा तीन वटा कृतिको लोकार्पण गरिएको छ। एजुकेशनल पब्लिसिङ हाउसले आयाेजना गरेकाे  कार्यक्रममा साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे जीवनी ‘सत्यकाे खाेज’, जनकवि दुर्गालाल श्रेष्ठ र सर्जक अभि सुवेदीले लाेकार्पण गर्नु भयाे…

सुनको भाउ तोलाको १ लाख १० हजार रुपैयाँ नाघ्यो

काठमाण्डाै – सुनको भाउ बढेर तोलाको १ लाख १० हजार रुपैयाँ नाघेको छ । अघिल्लो हप्ता लगातार घट्न थालेको सुनको भाउ यो हप्तादेखि फेरि बढ्न थालेको हो । सुनको भाउ आज तोलामा १ लाख १० हजार १ सय रुपैयाँ पुगेको छ ।  यो…

इजरायलबाट काठमाडौं आइपुगे २५४ जना नेपाली

काठमाण्डाै – इजरायलमा रहेका २ सय ५४ जना नेपाली आज शुक्रवार बिहान स्वदेश आइपुगेका छन् । सरकारले उनीहरुलाई नेपाल एअरलाइन्सको विमानबाट स्वदेश ल्याएको हो । उनीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी इजरायल पुगेका थिए । उद्धारका लागि बिहीवार बिहान दुबई हुँदै…

बझाङमा अहिलेसम्म झण्डै ५ सय पटक परकम्प

काठमाण्डाै – बझाङमा गएराति परकम्प गएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रबिन्दु भएर राति १२ बजेर २२ मिनेटमा ५ दशमलव २ रेक्टरस्केलको परकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईका अनुसार सदरमुकाम चैनपुरबाट ५…

इजरायलमा समस्यामा परेका नेपालीलाई आज नेपाल ल्याइँदै

काठमाण्डाै – इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणका कारण समस्यामा परेका नेपालीहरूलाई सरकारले आज स्वदेश ल्याउँदैछ। नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद इजरायल जानु भएको छ। परराष्ट्रमन्त्रीसँगै मन्त्रालयका सहसचिव शरद आरण पनि…

नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज आज इजरायल जाने

काठमाण्डाै – सरकारले नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार द्वन्द्वग्रस्त इजरायलमा विमान पठाउने भएको छ । गएको शनिबारबाट हमासको आक्रमणमा परेको इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार राति ११ बजे नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ जान लागेको हो । नेपाल…

बजारमा चिनी अभाव, थप आयात हुन सकेन

काठमाण्डाै – बजारमा चिनीको अभाव भएको छ । केही दिनअघि सरकारले चिनीको अभाव नहुने दाबी गरेको थियो । कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाउनेलाई कारबाही गर्न बजार अनुगमन भइरहेको र थप चिनी आयातका लागि प्रक्रिया अगाडि बढिसकेको वाणिज्य आपूर्ति तथा…