काठमाण्डाै – देशभरका सबै सरकारी कार्यालय आजदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्ने भएका छन् । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सबै सरकारी कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खुल्नेछन् । यो…
काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत सेमिफाइनल गेममा पहिलो र दोश्रो भएर ल्वंचामरि र प्यारामरि टीम फाइनलमा प्रवेश गरेका छन्। गएको शनिबार ल्वंचामरि, प्यारामरि, ग्वारामरि र छुचुंमरि विच भएको सेमिफाइनलमा ल्वंचामरिले…
काठमाण्डौ – राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’को रुपमा सूचीकृत गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो। महानगरले अब चलचित्र क्षेत्रको विकास र विस्तारका लागि काठमाडौं क्रिएट द काउन्सिल…
ललितपुर – वरिष्ठ हांस्य कलाकार मदन कृष्ण श्रेष्ठलाई केन्द्रविन्दु गरेर बनाइएको म्यूजिक भिडियो यः मदन दाइ सोमबार एक कार्यक्रमकाविच सार्वजनिक गरिएको छ । उक्त म्यूजिक भिडियोका परिकल्पनाकार, प्रोडक्सन म्यानेजर तथा निर्माता के.बि.एस. प्रोडक्सन हाउस, लुभुका कृष्णभक्त श्रेष्ठ (केबिएस लुभु) हुनुहुन्छ। केबिएस…
काठमाण्डाै – संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दै छ। संसद भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ ।नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रयोजनका लागि राष्ट्रियसभाका अध्यक्षसँग परामर्श गरी सभामुख देवराज घिमिरेले बैठक बोलाउनु भएको हो। संसद सचिवालयले दुवै संसदका सदस्यहरूको उपस्थितिका लागि सूचना समेत जारी गरेको छ। बैठकमा राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्नु हुने कार्यसूची छ । गुटेरेसको सम्बोधनलगत्तै सोही बैठकले उहाँलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।