न्यूजनेपाः डट कमको बारेमा जानकारी दिने उद्धेश्यले विश्वव्यापी रूपमा एक कार्यक्रमको आयोजना गरिएको छ। हिजो आइतबार नेपाली समय अनुसार बेलुकी ९ बजे जुममार्फत कार्यक्रम भएको हो। न्यूजनेपाः डट कमका प्रवन्ध निर्देशक सिजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाशक विगेन तुलाधर, मुख्य…
बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो । बाराको बिछिया केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।
काठमाडौं – काठमाडौंको जयबागेश्वरीमा त्रिशूल जात्रा आज मनाइएको छ । राक्षसहरुको कुकर्म अन्त्य गरिएको सम्झनामा यो जात्रा मनाउन सुरु गरिएको हो। हरेक वर्ष भलभल अष्टमीका दिन जयबागेश्वरीमा त्रिशुल जात्रा मनाइन्छ। त्रिशूल जात्रा धेरै वर्ष अघिदेखि चलिआएको चलन हो । धार्मिक…
नेपाल भाषाको “मंसिर महिना वल ” को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक कान्छा बाबू तन्दुकार र गायिका एलिना शाक्यको स्वर रहेको यस गीतमा शब्द र संगीत भने रबिन्द्र शाक्य रहेको छ। हिजो एक कार्यक्रम बीच म्युजिक भिडियो सार्वजनिक भएको…
ललितपुर – स्वर्गीय प्रेमध्वज प्रधानको ८७ औँ जन्मजयन्तीका अवसरमा गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानद्वारा तीन स्रष्टा सम्मानित भएका छन् । गीतकार किरण खरेल, वरिष्ठ सितारवादक उस्ताज तारावीर सिंह तुलाधर र गायिका मिलन नेवार सम्मानित हुनु भएको हो। ललितपुरमा हिजो…
बिपरजोय चक्रवात आगामी ६ घण्टामा ‘अत्यन्त भीषण चक्रवाती आँधी’ मा परिणत हुने भारतीय मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चक्रवाती आँधी बिपरजोयले जुन १५ सम्म पाकिस्तानको तटीय क्षेत्र र छेउछाउको सौराष्ट्र र कच्छसम्म निकै भीषण रूप लिएर पुग्न…
काठमाडौं – काठमाडौंको सिनामङ्गलमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध ओसारपसारको आशङ्कामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार सिनामङ्गलको शम्भु मार्गमा…
काठमाडौं – थ्री स्टार क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको रेलिगेशनबाट जोगिएको छ । हिजो दशरथ रङ्गशालामा जावलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै थ्री स्टार ‘बी’ डिभिजन घटुवाबाट जोगिएको हो । उसका लागि विक्रम लामाले पेनाल्टीमा गोल गरे । हिजो …
काठमाडौं महानगरपालिका र ज्यापु महागुथि नेपाः को सहकार्यमा विभिन्न जातजाती तथा भाषिक समुदायको आर्केस्ट्रा शो शनिबार सम्पन्न भएको छ । स्थानीय विभिन्न लोकबाजाहरुको प्रदर्शन गर्ने उद्देश्यले ज्यापु महागुथि नेपाःले ‘नेपाल आर्केस्ट्रा ११४३’ कार्यक्रमको आयोजना गरेको थियो। नेपालको सांगितिक क्षेत्रमा यो…