काठमाडौं – काठमाण्डौ उपत्यकामा आजदेखि दुुई हप्ताको लागि मेलम्चीको पानी वितरण रोकिने भएको छ ।सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ…
