काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुआत गरेको छ। बिहीबार सम्पन्न खेलमा लुम्बिनीले ६ विकेटको जित निकालेको हो। जारी प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो। यो जितसँगै गत संस्करण खराब प्रदर्शन गरेको लुम्बिनी दोस्रो संस्करण जितबाट सुरुआत गरेको छ।
लुम्बिनीका लागि गुल्बादिन नइबले सर्वाधिक अविजित ४४ रन बनाए । कप्तान रोहित पौडेल ३९, सन्दीप जोराले २८, डार्सी सर्ट ११, दीलिप नाथ १० रनमा आउट भए । जेजे स्मित ४ रनमा अविजित रहे । बलिङमा चितवनका रिजन ढकालले २ र सोहिल तन्विरले एक विकेट लिए ।
चितवनले भने कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुआत गर्को थियो। चितवन राइनोजले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८.३ ओभरमा ४ गुमाएर १४६ रन बनायो।
