भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न जिल्ला प्रशासनलाई गृहको परिपत्र

निजी सवारीसाधनले अबक दिनमा भाडा लिएर यात्रु बोक्न नपाउने भएको छ ।

बुधबार एक परिपत्र गर्दै गृह मन्त्रालयले नेपाल राष्ट्रिय व्यवसायी महासंघको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाहीको निर्देशन दिएको छ । विभागको यस निर्णयसँगै निजी सवारी प्रयोग गरि भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओ लगायतका सेवा सिधा प्रभावित हुने भएका छन् ।

विभागले निजी प्रयोजनको लागि दर्ता भएका सवारी साधनले कानुन उल्लंघन गरी सर्वजानिक रुपमा भाडामा यात्रु ओसार पसार गरेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने जनाएको छ।

विभागले यातायात व्यवस्था ऐनको दफा ८ (१) मा ‘निजी सवारी सार्वजनिक यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था अनुसार निजी सवारीसाधन सार्वजानिक प्रयोजनको लागि प्रयोग गर्न नपाइने बताएको हो।

हाल टुटल पठाव जस्ता संस्थाहरुले तोकिएको भाडा लिएर निजी सवारीसाधन मार्फत नै यात्रु ओसार-पसार गर्ने गरेका छन्।