जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता साथै पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई भेटेर मातृभाषा शिक्षालाई प्रभावकारी र व्यवस्थित बनाउने सम्वन्धमा छलफल भएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता साथै पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको पहलमा भएको भेटघाटमा अभियानकर्मी र मन्त्री राईबीचमा सघिय शिक्षा नीति बनाउने, मातृभाषा शिक्षालाई देशैभर लागू गर्ने, भाषाको बिकल्प
भाष नै राखेर पाठ्यक्रम परिमार्जन गर्ने लगायतका विषयमा छलफल भएको थियो। छलफलमा राखिएका विषयवस्तुमा मन्त्री राई सकारात्मक रहेको बताउँदै छलफलका विषय कार्वान्वयनमा आफु विश्वस्त रहेको पूर्वमन्त्री श्रेष्ठले बताए ।
नेपाल सरकारको नीति तथा कार्यक्रमको प्रमुख मस्यौदाकार समेत रहेका श्रेष्ठले सरकारको वर्तमान नीति तथा कार्यक्रममा समेत यी बिषयहरु समावेश रहेकोले पनि कार्यान्वयन पक्षमा बिश्वस्त हुन सकिने बताए ।
