काठमाडौं – चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा भोलि हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपचुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । तीनवटै क्षेत्रका मतदान केन्द्र र मतदानस्थलमा मतदान…
काठमाडौं – इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाईंदैछ । इदुलफित्र मनाउनका लागि आज मुसलमान समुदाय ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । यो पर्वका लागि मुसलमान समुदायले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ…
काठमाडौँको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । आज साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मासु…
नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले शुक्रबार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् । सन्दीपले एसीसी प्रिमियर कपमा ओमानका आदिल सफिकलाई एलबिडब्लूको धरापमा गर्दै १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । सन्दीपले ४२ खेलमा १०० विकेट…
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र…
ललितपुर – ‘वर्षा र सहकाल’ का देवता रातो मच्छिन्द्रनाथको रथारोहण शुक्रवार (आज) सम्पन्न भएको छ । मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने परम्पराअनुसार आज बेलुकी ७ बजेर ३१ मिनेटमा पुल्चोकमा निर्माण गरिएको रथमा रथारोहण गरिएको हो । मच्छिन्द्रनाथलाई आज…
काठमाडौं – माई खोला हाइड्रोपावरले आईपीओ बिक्री खुला गरेको छ । हाइड्रोपावरले सर्वसाधारणका लागि आजदेखि आईपीओ बिक्रीमा ल्याएको हो । यस आईपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन पाइने छ। उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा वैशाख २४ गतेसम्म खुला रहनेछ…
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना…
काठमाडौं – एसीसी प्रिमियर कपमा नेपालले ओमनलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा नेपालले ओमनलाई ८४ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो इनिङमा ३१० रनको विशाल योगफल कायम गरेको थियो । एक…